रक्षा मन्त्री इनादाको एक शब्द, जस्ले प्रधानमन्त्री आबेलाई पार्यो राजनीतिक संकट

टोकियो । जापानको विपक्षी दलले रक्षा मन्त्री तोमोमी इनादाको राजिनामा मागेको छ । विपक्षी दलले प्रधानमन्त्री सिन्जो आबेसँग इनादाको तत्काल राजिनामाको माग गरेको हो । इनादाले गत मंगलबार टोकियो एसेम्बिलीमा जापान आत्मरक्षा बलका अधिकारीहरुको पनि सहयोग रहने बताएकी थिइन् । तर, बुधबार उनले आफुले त्यस्तो नभनेको भन्दै माफ मागेकी थिइन् ।

डेमोक्राटिक पार्टी, जापानी कम्युनिष्ट पार्टी सहित अन्य दुई विपक्षी दलहरुले संसदको विशेष सत्रको माग गर्दै माथिल्लो सदनका सभामुख तादामोरी आशिमालाई ज्ञापन पत्र बुझाएका छन् ।

संविधानको ५३ धारामा विपक्षी दलहरुले निश्चित सदस्यको हस्ताक्षर सहित विशेष सत्र बोलाउन माग गरेमा बैठक बस्नुपर्ने नियम छ । संसदको नियमित सत्र जुन १८ मासकिएको थियो ।

यदि विशेष सत्रआह्वान भएर विपक्षीले सदन चर्काए भने इनादाले राजिनामा दिनुपर्ने हुनसक्छ भने वर्तमान सरकार पनि राजनीतिक संकटमा पर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?