दक्षिण कोरियासँग रिसायो चीन, जापानले आयोजना गर्ने त्रिदेशीय शिखर सम्मेलन अनिश्चित

टोकियो । जापान सरकारका अधिकारीहरुले आगामी महिना टोकियोमा हुने भनिएको जापान, चीन र दक्षिण कोरियाबीचको त्रिपक्षीय शिखर सम्मेलन स्थगन हुने सम्भावना बढेको बताएका छन् । सरकारी अधिकारीका अनुसार जुलाईमा त्रिदेशीय शिखर वार्ताको तयारी गरिएको थियो ।

तर, अमेरिकाले दक्षिण कोरियामा अत्याधुनिक मिसाइल रक्षा प्रणाली थाड जडान गरेसँगै चीन र कोरियाबीच समबन्ध चिसिएको छ ।

यही कारण दुई देशका नेताहरु उक्त सम्मेलनका लागि अनिच्छुक देखिएका छन् ।

जापानले त्रिदेशीय साझेदारी गर्दै प्रशान्त क्षेत्रमा देखिएको विवाद समाधानको प्रयास थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?