जापानको उत्तरी प्रान्त होक्काइदोमा  ५.७ म्याग्नीच्यूडको भूकम्प, सुुनामीको सम्भावना छैन

टोकियो । जापानको उत्तरी प्रान्त होक्काइदोमा  ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार बुधबार राति ९ बजे सो भूकम्प गएको जापानी मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
हालसम्म यस भूकम्पको कारण मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । साथै भूकम्पपछि सुुनामी चेतावनी पनि दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १९ हजार व्यक्ति मारिएका थिए ।

दुइ दिन अघि मात्रै मध्य जापानको नागानो केन्द्रविन्दु भएर पाँच दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?