टोकियोमा ‘समृद्व नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम हुँदै (भिडियो सहित)

जापान । टोकियोमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।

समृद्व नेपाल निर्माण अभियान (आईएनएफएसडी) ले ‘समृद्व नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा पूर्व विविसी नेपाली सेवाका प्रधान सम्पादक रविन्द्र मिश्र, जापानका लागि नेपाली पूर्व राजदूत डा. केदारभक्त माथेमा र पत्रकार प्रेम बानियाँको विशेष उपस्थितिमा वृहत अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यहि जुलाई २ तारिख आईतवार नाकानो जिरो हलमा ६ बजेदेखि सुरु हुने अन्तरक्रिया कार्यक्रमको संयोजकमा वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिका सदस्य महेश श्रेष्ठ रहेका छन् भने सह-संयोजकमा आयोजक संस्था आईएनएफएसडीका संयोजक दुर्गा खत्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?