टोकियोमा तेस्रो गोर्खाली फाइभ ए साइड रनिङ फुटबलको आयोजना हुने

टोकियो । तेस्रो गोर्खाली रनिङ कप फाइभ ए साइड फुटसलको आयोजना हुने भएको छ । यही जुलाई ३० तारिखका दिन प्रतियोगिताको आयोजना गरिने छ ।

टोकियोको हचिओजी, २–२ फुजिमोतो कुइनमा प्रतियोगिता आयोजना हुने छ । यो जेआर निसी हचिओजी स्टेसन नजिकैरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ३० हजार जापानी येन लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडी तथा टिमले जुलाई १० सम्ममा दर्ता गराइसक्नुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख २२ हजार दुईसय २२ जापानीयेन सहित प्रमाणपत्र र शिल्ड पाउने छ ।

यस्तै दोस्रोहुने टिमले एक लाख ११ हजार एक सय ११ जापानी येन सहित प्रमाणपत्र पाउने छन् ।

यस्तै उत्कृष्ठ खेलाडी, किप्पर, डिफेन्स र बढी गोल गर्ने खेलाडीलाई जनहि पाँच पाँच हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?