अमेरिका विरुद्व उत्तर कोरियामा विशाल प्रदर्शन, जापान र दक्षिण कोरियालाई मतियारको आरोप

टोकियो । उत्तर कोरियाले अमेरिकाका विरुद्धमा विशाल विरोध प्रदर्शन गरेको छ र अमेरिकालाई साथ दिएको भन्दै जापान र दक्षिण कोरियालाई युद्धका मतियारको संज्ञा दिइएको छ ।

उत्तर कोरियाले आइतबार प्योङयाङमा अमेरिकाका विरुद्धमा सङ्घर्ष सुरु गरेको दिनको स्मरणरुप भन्दै विशाल जुलुसको आयोजना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उक्त जुलुसमा सत्ताधारी वर्कस् पार्टीका उच्च अधिकारीका साथै त्यहाँको सरकारी ओहदामा रहेका उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका सो समाचारमा उल्लेख छ ।

जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता रहेको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५ को स्मरण गरेको जनाएका थिए ।

सन् १९५० को जुन २५ मा कोरियाले अमेरिकाको विरुद्धमा संघर्ष सुरु गरेको जनाएको थियो । त्यस संघर्षका लागि पनि अमेरिकालाई दोषी ठह¥याएको कोरियाली केन्द्रीय समाचार संस्था केएनसीएले बताएको छ ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध अमेरिकाले अन्याय गरेको र उनीहरूले यस्तो क्रुरता र अन्यायपूर्ण ब्यवहारलाई जापान र आफ्नै छिमेकी दक्षिण कोरियाले साथ दिएको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?