दोस्रो विश्व युद्वको त्यो अन्तिम दिन, त्यतीबेला छुटे, अहिले सम्झिएर रुँदैछन् १०१ जापानी परिवार

टोकियो । दोस्रो विश्व युद्वको अन्तिम दिनमा विस्थापित भएका जापानीहरुले आफ्ना अभिभावक र आफुलाई पालन पोषण गरिदिनेहरु प्रति सम्मान व्यक्त गरेका छन् ।दोस्रो विश्व युद्वको अन्तिम दिन एक सय एक जापानी नागरिकहरु तथा उनीहरुको परिवार उत्तरपुर्वी चीनको हार्बीनमा उनीहरु विस्थापनमा परेका थिए ।

उनीहरुले आफुलाई पालन पोषण गर्ने र आफ्नै सन्तान सरहमायाँ दिने चिनियाँ नागरिकहरु प्रति सम्मान व्यक्त गरेका हुन् । चीन र जापानबीच राजनीतिक सम्बन्ध सुधार भएको र कुटनीतिक सम्बन्ध सुमधुरभएको ४५ औं वर्षगाँठको अवसरमा चीनको हार्बीनमा विशेष समारोहको आयोजना गरिएको थियो ।

जापानी नागरिकहरुलाई पालन पोषण गरेर हुर्काउने अधिकांश चिनियाँ अभिभावकहरुको भने मृत्यु भैसकेको छ ।

विस्थापनमा परेका जापानी नागरिक सुमिए इकेदाले आफुहरुलाई आश्रय दिएर पालन पोषण गर्ने चिनियाँ नागरिकहरुलाई कहिल्यै बिर्सन नसक्ने बताए ।

उनले दुई देशबीचको युद्धका कारण आफुहरु विस्थापनमा परेको बताउँदै अब जापान र चीनबीचको समझदारीका कारण विश्वमा एसिया शक्तिशाली बनेको बताए ।

कार्यक्रममा उपस्थित जापानी नागरिकहरु निकै भाबुक बनेका थिए । उनीहरुले युद्धकाबेला आफुहरु बालबालिका रहेको र अबोध बेलामा चिनियाँ नागरिकहरुले संरक्षण दिएर पालन पोषण गरेकाले आफुहरुको दोस्रो घर चीन भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?