यस कारण जापानमा पनि हुनेभयो संविधान संशोधन, प्रधानमन्त्रीआबेले गरे खुलासा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबेले जापानको संबिधान संशोधन हुन सक्ने संकेत गरेका छन् । उनले आफ्नो पार्टी लिब्रल डेमेक्र्याटिक पार्टीले संसदको दोस्रो अधिवेशनमा जापानको संबिधान संशोधन प्रस्ताव पेश गर्ने बताए ।

‘मलाई लाग्छ हाम्रो पार्टीले संसद अधिवेशन सकिनु पूर्वनै संबिधान आयोगमा संबिधान संशोधन प्रस्ताव दर्ता गर्नेछ,’ उनले भने ।

कोबेमा आयोजना गरिएको कार्यक्रममा उनले युद्धपश्चातको अवस्था बारेमा व्यवस्था परिवर्तन गर्नको लागि आफूले छलफल चलाउने बताए । सेल्फ डिफेन्सको व्यवस्था परिवर्तन गर्न संविधान संशोधन गर्नखोजिएका् हो ।

सम्भवत आक्रमण पछिको अवस्था निक्र्यौल गरेर जापानले संबिधानमा परिवर्तन गर्न लागेको हुन सक्ने अनुमानगरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?