फेरि सार्वजनिक भयो विवादीत दस्तावेज, प्रधानमन्त्री आबेलाई राजनीतिक संकट

टोकियो । जापानका शिक्षा मन्त्री हिरोकाजु मात्सुनोले पशु चिकित्सा विश्वविद्यालय खोल्ने बारेको विवादास्पद योजना सम्बन्धी नयाँ दस्तावेज फेला परेको बताएका छन् । मन्त्री मात्सुनोले मन्त्रालयको आन्तरिक जाँचका क्रममा उक्त दस्तावेज फेला परेको बताएका हुन् । उनले यस दस्तावेज गत अक्टोबरमा उप–मुख्यसचिव कोइची हागिउदा र शिक्षा मन्त्रालयका ब्युरो प्रमुखले तयार पारेको जनाएका छन् ।

दस्तावेज अनुसार हागिउदाले मन्त्रालयलाई निर्देशन दिदै जापानको इमाबारी सहरमा काके शिक्षा संस्थानलाई उक्त विश्वविद्यालय खोल्ने अनुमति दिन भनिएको थियो ।

यो विश्वविद्यालय प्रधानमन्त्री सिन्जो आबेका निकट साथीले खोल्न लागेका थिए । यो विश्वविद्यालय सन् २०१८ सम्ममा खुल्ने तयारी थियो । यो दस्तावेज सार्वजनिक भएसँगै विपक्षीहरुले प्रधानमन्त्री आबे विरुद्व संसदमा विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?