जापान सरकारले भन्यो–पानीजहाज दुर्घटनामा मारिएका अमेरिकी सेनाको सपना साकार पारिन्छ

टोकियो । जापान सरकारले दुर्घटनामा परि मृत्यु भएका सात जना अमेरिकी नौसेनाका पानीजहाज चालकप्रति समवेदना व्यक्त गरेको छ ।

प्रधानमन्त्री सिन्जो आबेका तर्फबाट जापान सरकारका मुख्य सचिव योशिहिदे सुगाले जारि गरेको शोक वक्तब्यमा जापान र एसिया प्रशान्त क्षेत्रको शान्ति सुरक्षाका लागि खटिएका अमेरिकी सेनाका कमाण्डरहरुको दुःखद निधनले जापान स्तब्ध भएको उल्लेख छ ।

मंगलबार बिहान प्रकाशीत शोक सन्देशमा जापान सरकार मृतकका परिवारलाई ध्रैय धारण गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने उल्लेख छ ।

दुर्घटनाको कारण खोजि भैरहेकाले अनुसन्धान नसकिदासम्म शान्त रहन पनि मृतकका परिवारलाई आग्रह गरिएको छ ।

सुगाद्वारा जारी वक्तब्यमा उत्तर कोरियाले अमोरिका र जापानलाई तनाव दिइरहेको अवस्थामा प्रशान्त क्षेत्रको सुरक्षा दिन अहोरात्र खटिएका मृतकहरुको सपना पुरा गर्न आफुहरु लागिपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?