अमेरिकी नौसेनाको पानी जहाज योकोसुका तटीय क्षेत्रमा दुर्घटना, चालक दलका सातै जना बेपत्ता

टोकियो । अमेरिकी नौसेनाको पानी जहाज अर्को एक जहाजसँग ठोकिँदा चालकदलका सात सदस्य नै वेपत्ता भएका छन् ।
जपानको योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट १ सय ३ किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग ठोकिएको जनाइएको छ । दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त जहाजमा इन्धनको कमि भएको बताइएको छ । दुर्घटनामा हराइरहेकाहरुको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

खोजि कार्यका लागि जापान र अमेरिकी सेना अर्को जहाजसहित घटनास्थलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?