जापानका पुर्व न्यायाधीशले भने–निर्दोष नागरिक पनि जेल पर्न सक्छन्, विचार गरियोस्

टोकियो । बिहीबार मात्र जापान सरकारले लागु गरेको आतंवादी हमला नियन्त्रण सम्बन्धी कानुनको लागु गर्नु पुर्व सतर्कता अपनाउन पुर्वन्यायाधीशले आग्रह गरेका छन् । बिहीबार संसदले तथाकथित आतंकवाद नियन्त्रण विधेयक पारित गरेको थियो । होसेई विश्वविद्यालयका प्राध्यापक समेत रहेका तोमोयुकी मिजुनोले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले दन्दिग्ध कुनै आपराधीक गुटबाट हुनसक्ने खतरालाई ध्यानमा राख्न आग्रह गरेका छन् । साथै उनले निर्दोष व्यक्ति पनि समातिन सक्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

उनले जाँच कर्ताले यस्तो अपराधको आरोप लगाउनुपुर्व सहि तथ्यमा ध्यान दिनुपर्नेमा जोड समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?