विपक्षीले दस्तावेज सार्वजनिक गरेपछि जापानका शिक्षा मन्त्रीले पत्रकार सम्मेलन गर्दै मागे माफी

टोकियो । जापानका शिक्षा मन्त्रीले पशुचिकित्सा सम्बन्धी विद्यालय खोल्ने विषयकाे विवादास्पद दस्तावेज फेला परेको बताएका छन् ।

शिक्षा मन्त्री हिरोकाजु मात्सुनोले पत्रकार सम्मेलन गरि अनुसन्धानका क्रममा यस्तो फेलापरेको बताए । उनले उक्त दस्तावेज आफुले पहिल्यै खोज्न पर्ने तर नसकेको भन्दै माफी समेत मागेका थिए ।

यो जाँच ती १९ दस्तावेज मध्येबाटपत्ता लागेको थियो, जुन विपक्षी डेमोक्रेटीक पार्टी र अन्य दलहरुले सार्वजनिक गरेका थिए ।

यी सबै सामग्री काके शैक्षिक संस्थानको यस्तो योजना अन्तरगत थियो कि जसमा पश्चिम जापानस्थित एहिमे विशेष आर्थिक क्षेत्रमा एक पशु चिकित्सा विद्यालय खोल्ने तयारी भएको थियो ।

यो योजना प्रधानमन्त्री सिन्जो आबेका अत्यन्त निकट साथीको थियो । विपक्षी दलहरुले यस्तो दस्तावेज संसदमा पेश गरिदिएपछि सरकार बाध्य भएर माफी मागन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?