प्रकृतिमा पनि कम छैन जापान, दुई क्षेत्र थपिए युनेस्कोको सुचिमा

टोकियो । युनेस्कोको एक समितिले जापानको दुई क्षेत्रलाई युनेस्को संरक्षीत जैविक क्षेत्रका रुपमा समावेश गर्ने निर्णय गरेको छ ।

जापानको दक्षिणपश्चिममा अवस्थित सोबो, कातामुकी र ओकुए क्षेत्र तथा टोकियोको उत्तरी क्षेत्रमा रहेको मिनाकामी क्षेत्रलाई समावेश गरिएको हो ।

सोबो, कातामुकी र ओकुए क्षेत्र मियाजाकी र ओइताको बीचमा पर्दछ । यो क्षेत्रमा जैविक विविधताका साथै हिमाल, पहाड र तराई क्षेत्र रहेका छन् ।

मिनाकामी क्षेत्रमा गुन्मा र नागातासम्मको भूभागलाई समावेश गराइएको छ । यसमा तानिगावा पर्वत र विभिन्न चराचुरुंगीको बासस्थान रहेको छ ।

पेरीसमा बसेको युनेस्कोको बैठकले यी क्षेत्रलाई सामल गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?