विद्यार्थी भिषाका कारण जापानमा जनशक्ति व्यवस्थापन सहज, ३५ हजारले सिके जापानी भाषा

टोकियो । जापानका सार्वजनिक विद्यालयमा ३४ हजार ३ सय ३५ विदेशी विद्यार्थीले जापानी भाषाको तालिम लिएको यहाँको शिक्षा मन्त्रालयको एक सर्वेक्षणले देखाएको छ । सन् २०१६ को तथ्यांक अहिले प्रकाशित भएको हो र यसले जापानमा अघिल्लो वर्षको तुलनामा विदेशी विद्यार्थीको संख्या ४० प्रतिशतले वृद्धि भएको देखाउँछ ।

जापानमा सन् २०२० मा हुन लागेको ओलम्पिक र पारालिम्पिक प्रतियोगिताका लागि जनशक्तिको खाँचो भएको बेलामा विदेशी कामदारको संख्यामा वृद्धि भएको मन्त्रालयको निष्कर्ष छ ।

जापानमा नेपाली विद्यार्थी तथा कामदारको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?