गल्कोट स्पोर्टस क्लबको अध्यक्षमा बस्नेत निर्विरोध, कार्यसमितिमा को को छन् ?

टोकियो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुल नाराका साथ गल्कोट स्पोर्टस क्लब, टोकियो जापानको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

कार्यसमितिको अध्यक्षमा रत्नसिंह बस्नेत निर्विरोध चयन भएका छन् । बस्नेतको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षहरुमा निम खड्का, बिजय भण्डारी र देवेन्द्र खत्री चयन भएका छन् । यसैगरी महासचिवमा पुनः लक्ष्मण कार्की चयन भएका छन् ।

सचिवमा दुर्गाबहादुर खत्री, कोषाध्यक्षमा महेन्द्र साहनी र सह-कोषाध्यक्षमा डिलाराम निउरे निर्बिरोध चयनभएका छन् ।

कार्यसमिति सदस्यहरुमा लोकेश खत्री, भबिन थापा, ध्रुब कडेल, लक्ष्मण भण्डारी, प्रकाश निउरे, दिपेश खत्री, चित्र चोखाल (नारायण) चयन भएका छन् ।

यस्तै हिमाल कडेल, राजु बस्नेत, तेजिन्द्र बस्नेत, संजय साहनी, हरि भण्डारी, गणेश के.सी, संन्तोस के.सी, रबिन भण्डारी, राजा खत्री र बसन्त खड्का चयन भएका छन् ।

कार्यसमिति चयनका लागि गलकोट समाज जापानका सल्लाहकार बेलुकाजी थापाको संयोजकत्वमा दिलु खत्री, कालिका थापा , रामकृष्ण बम मल्ल र नविन निउरे सदस्य रहेको पाँच सदस्यीय निर्वाचन सम्वन्वय समिति गठन गरिएको थियो । समितिले सवै पदमा सर्वसम्मत नेतृत्व चयन गराएको हो ।

यस अघि अधिवेशनको पहिलो सत्रमा अधिवेशनको उद्घाटन गरिएको थियो । निवर्तमान गिरीप्रसाद शेरचनको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कार्यक्रमका अतिथिहरुलेसफलताको शुभकामना दिएका थिए ।

सचिव रामकृष्ण बम मल्लले सञ्चालन गरेको कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नरहादुर थापा ,बरिष्ठ उपाध्यक्ष दिलु खत्री,गल्कोट समाजकी उपाध्यक्ष तथा एनआरएनए जापानकी महिला प्रतिनीधि कालिका थापा, सविता श्रेष्ठ, राम थापा, रतन थापा, बेलुकाजी थापा, चन्द्र खत्री लगाएतका अतिथिहरुले अधिवेशन सफलताको कामना गरेका थिए ।

पहिलो सत्रमा महासचिव लक्ष्मण कार्कीले संस्थाको स्थापना देखि हालसम्म भएका प्रगति विवरणप्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष बिजय भण्डारीले आर्थिक बिबरण पेश गरेका थिए ।

सन् २०१५ मा स्थापना भएको क्लब जापानमा रहेका नेपालीहरुका बीच चर्चित छ । हरेक वर्ष मैत्रिपुर्ण भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले गत मे महिनामा भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

खासगरि बागलुङको गल्कोटबाट जापान आएका युवाहरुले सुरु गरेको यो क्लब अहिले जापानबासी नेपालीहरुका बीच चिर परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?