जापानको सडकमा ‘घोडा परेड’, आवेदन मार्फत् छानिएका बालबालिका सवार

टोकियो । जापानको पुर्वोत्तर क्षेत्र इवातेमा गर्मी सिजनको सुरुवात भएको उपलक्ष्यमा एक उत्सव मनाइएको छ ।

उक्त उत्सवमा रंगी बीरंगी बनाएर सजाइएको घोडालाई दौडाइएको थियो । महोत्सव हेर्नका लागि सयौं सर्वसाधारण त्यहा पुगेका थिए ।

चागु–चागु उत्सवका नाममा यो महोत्सव धेरै वर्षदेखि मनाईंदै आइएको छ । घोडाको मेहनतको सम्मानका लागि यो उत्सव आयोजना हुने गरेको हो ।

यो उत्सव राष्ट्रिय अमुर्त लोक संस्कृतिका रुपमा रहेको छ । शनिबार ७० वटा घोडाले ताकिजावा सहरको ओनिकोसीदेखि मोरिओका सम्मको १३ किलोमिटर परेड गरेकाथिए । यी घोडामा आवेदन मार्फत् छानिएका बालबालिकाले सवार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?