जापानमा सम्पत्ति कर बढेसँगै अबैध सुनको कारोबार बढ्यो

टोकियो । जापान सरकारले सन् २०१४ पछि सम्पत्ति करमामा बढोत्तरी गर्ने कानुन लागु गरेपछि गरेपछि अवैध रुपमा सुनको कारोबार हुन थालेको छ । जापान सरकारले घर र जग्गामा करको दायरा बढाएसँगै जापानका व्यावसायीहरुले अबैध सुन कारोबार गर्न थालेका हुन् ।

जापानको अर्थ मन्त्रालयले अबैध सुन कारोबार वर्षेनी बढीरहेको र यसलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको जनाएको छ ।

सन् २०१८ सम्म सुन तस्करी नियन्त्रणका लागि सरकारले सबै संयन्त्रलाई चुस्त बनाउने भएको छ । यो आर्थिक वर्षको जुन महिनासम्ममा सुन तस्करी केही घटेको देखिएको पनि मन्त्रालयले जनाएको छ ।

अबैध कारोबार नियन्त्रण गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको छ । जापान विश्वमा सबैभन्दा बढी सुनकारोबार हुने देश मध्येमा एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?