जापानको येची क्षेत्रमा बस दुर्घटना हुँदा ४५ घाईते, १ को मृत्यु

जापान । जापानको एची क्षेत्रमा भ्रमणमा निस्किएको बस संग कार ठोक्किदा शनिवार भयानक दुर्घटना भएको छ । सो दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको छ भने ४५ जना बसमा सवार व्यक्ति घाईते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटना शनिवार बिहान ७:३० बजे  बस गुडिरहेको विच सडकमा अचानक कार सवार हुँदा सो दुर्घटना हुन गएको जनाईएको छ ।

बस भित्र रहेको क्यामरामा कैद भएको भिडियोका अनुसार कार सडकको केन्द्रभागमा रहेको डिभाइडरलाई क्रस गर्दै बससंग ठोक्किन आईपुगेको देखिएको छ ।

कार बसको अघिल्लो भागमा आएर ठोक्किएको कैद भिडिएको देख्न सकिन्छ । कार बसमा ठोक्कीएपछी चालक ६२ वर्षीय मासामित्सु इकुमाको निधन भएको हो ।

भाडामा लिएर कार चलाईरहेका इकुमाको शरीर क्षतिग्रस्त कारबाट बाहिर निकाल्न मात्र ४ घण्टा लागेको थियो । बसमा भने चालक र टुर गाईड सहित ४७ जना सवार रहेका थिए । दुर्घटना हुनासाथ सबैलाई अस्पताल लगिएको थियो ।

बस ह्विस्की उत्पादन केन्द्रको भ्रमणका लागि टोयोकावा बाट यामानाशी क्षेत्र तर्फ प्रस्थान गरेको बस कम्पनीका प्रवक्ताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?