चितवन समाज जापानको क्युस्यु क्षेत्रीय अध्यक्षमा लामिछाने सर्वसम्मत

टोकियो । चितवन समाज जापानको क्युस्यु क्षेत्रीय समितिको अध्यक्षमा दिलिप लामिछाने चयन भएका छन् ।

चितवन जिल्लाको विभिन्न स्थानबाट जापान आई फुकुओकामा बस्दै आएका नेपालीहरुले चितवन समाज जापानको क्षेत्रीय समितिलाई पुनर्गठन गरेका हुन् ।

लामिछाने नेतृत्वको समितिको बरिष्ठ उपाध्यक्षमा सुरज वन चयन भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा मोहन सिलवाल, सचिवमा सुवास न्यौपाने, सहसचिवमा भरत वन र कोषध्यक्षमा भावना तिमल्सिना चयन भए भएकी छिन् ।

यस्तै कार्यसमितिसदस्यहरुमा पशुपति पुरी, सुरज चौधरी, सन्तोष भाट, विनोद परियार, पुर्णिमा श्रेष्ठ र प्रज्ञा हमाल चयन भएका छन् ।

क्युस्यु समितिका संस्थापक अध्यक्ष बासुदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कार्यसमितिको द्धितिय उपाध्यक्ष लगायत कार्यसमिति सदस्यहरु र केही फाँटका संयोजकहरुको चयन भने कार्यसमितिको आगामी बैठकबाट गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?