फुकुओका विमानस्थलमा उड्नै लागेको विमानबाट जव धुवाँको मुस्लो निस्कियो…

टोकियो । शुक्रबार फुकुओका विमानस्थलमा रहेको कोरियन एयरलाइन्सको विमानको ककपिटबाट धुवाँ उडेको पाइएपछि एकछिन तनाव भएको थियो ।विमानको ककपिटबाट धुवाँ आएको पाइए पनि आगो भने नलागेको जापानको उड्ड्यान प्राधिकरणले जनाएको छ ।

धुवाँ देखिएसँगै विमानमा रहेकाहरु चिच्याएका थिए भने विमानस्थल परिसरमा पनि तनाव भएको थियो । तर सवै १६२ यात्रु र उडान दलका सदस्य सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् ।

बोइङ ७३७ को ककपिटमा देखिएको धुवाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाए पनि कारण भने खुलाएका छैनन् ।

विमान ७८३ का पाइलटले विमानमा धुवाँ देखिएको फुकुवोका विमानको टावरलाई जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?