जापानको अर्थतन्त्रमा फेरी गिरावट, थोरै पैसामा पार्ट टाईम काम गर्नेको संख्यामा वृद्दी

जापान । जापान सरकारले अनुमान गरेको भन्दा न्यून दरमा जापानको अर्थतन्त्रमा वृद्दी भएको देखिएको छ । विहिवार संशोधित सरकारी आंकडाका अनुसार अनुमान गरेको भन्दा एक चौथाई दरले अर्थतन्त्र वृद्दी भएको बताईएको छ ।

जापान सरकारले ०.५ प्रतिशतका दरले अर्थतन्त्र वृद्दी हुने गरिएको अनुमान भन्दा ०.३ प्रतिशतका दरले मात्र वृद्दी भएको हो ।

यसरी अर्थतन्त्रमा भएको गिरावट बजारले ०.६ प्रतिशतले वृद्दी हुने अनुमान भन्दा पनि अकल्पनीय गिरावट भएको बताईएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक दुवैले  हालै जापानको अर्थव्यवस्था बारेका आफ्ना अनुमानहरु सार्वजनिक गरे लगत्तै आर्थिक वृद्दीदरमा अनौठो नतिजा देखिएको हो  ।

तर जापानको एक दशक भन्दा लामो आर्थिक तथ्यांकलाई मध्यनजर गर्ने हो भने पाँच चौथाई आर्थिक वृद्दीदर भएको देखिन्छ ।

जापानको अर्थतन्त्रमा निरन्तर वृद्दी हुनुको कारण भने अन्तराष्ट्रिय स्तरमा अत्याधिक सामान निर्यात जसका कारण विश्वमा जापानमा निर्माण भएका सामानहरुको माग बढ्नु रहेको हो ।

सन् २०२० मा आयोजना हुने टोकियो ओलम्पिकमा हुने लगानीका कारण पनि जापानको अर्थतन्त्रमा सुधार आएको पनि दावा गरिएको छ ।

२३ वर्ष देखि २.८ प्रतिशत भन्दा कम बेरोजगारी दर रहेको जापानमा रोजगारीको लागि पनि गाह्रो हुँदै गएको छ ।

तर यो कम बेरोजगारीका कारण महिनावारी प्राप्त गर्ने ज्याला प्रयाप्त मात्रामा बढ्न नसकेको र जसकाकारण श्रम गर्ने शक्तिमा गिरावट आई थोरै पारिश्रमिक लिएर अस्थाई काम गर्ने मानिसहरुको संख्या बढ्दै गएको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?