रक्षक नै भक्षक, फुकुओकामा प्रहरीले नै गरे श्रीमतीको हत्या, छोरा छोरी पनि मृत फेला

टोकियो । जापानको फुकुओका क्षेत्रमा श्रीमतीको हत्या आशंकामा एक प्रहरी अधिकारी पक्राउ परेका छन् ।

फुकुओकाको ओगोरी क्षेत्रमा रहेको घरमा उनले श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । ३८ वर्षीय मित्सुरु नाकातामाथि ३८ वर्षीय श्रीमती युकिको नाकाता माथि हत्या गरेको आरोप लगाइएको छ ।

उनका दुई सन्तान समेत मृत अवस्थामा फेला परेका थिए । ९ वर्षका छोरा र ६ वर्षीय छोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

आरोपित प्रहरी सूचना तथा सञ्चार शाखामा कार्यरत थिए । प्रहरीले नाकातामाथि उनका छोरा छोरीको हत्याको अभियोग भने लगाएको छैन ।

श्रीमतीको हत्याको कारण बारे उनले केही बताएका छैनन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?