अब बार्सिलोनाको जर्सीमा जापानको राकुटेन, फुटबलमा अहिलेसम्मकै ठुलो सम्झौता

टोकियो । विश्वकै चर्चित फुटबल क्लब बार्सिलोनाको जर्सीमा अब जापानी कम्पनी राकुटेन राखिने भएको छ । यस अघि कतार एयरवेजको विज्ञापन राख्दै आएको बोर्सिलोनाले अब सन् २०१७/०१८ को सिजनमा भने जापानको प्रख्यात कम्पिनी राकुटेनको विज्ञापन राख्ने भएको हो ।

यस सम्बन्धमा सोमबार राकुटेन र बार्सिलोनाबीच सम्झौता भएको छ । बार्साले बुधबार यस सम्बन्धी जानकारी दिएको छ ।

बार्सिलोनाले बुधबार आफ्नो मुख्यालयमा पत्रकार सम्मेलन गरि यस बारेमा आधिकारीक जानकारी गराएको हो । सोमबार नै बार्साले नयाँ प्रशिक्षक अर्नेस्टो भालभर्देका बारेमा पनि जानकारी दिएको थियो ।

नयाँ सिजनमा बार्साको जर्सीमा प्रायोजकको नाम सँगै यसको डिजाइन पनि परिवर्तन गर्ने छ । चार वर्षका लागि प्रति वर्ष ४७ मिलियन युरोका दरले राकुटेनले बार्सालाई सहयोग गर्ने छ ।

राकुटेन जापानको चर्चित इलेक्ट्रोनिक्स अनलाईन विक्रेता कम्पनी हो । यो १९९७ मा स्थापना भएको थियो भनेयसको सञ्जाल अहिले विश्वका प्रमुख सहरहरुमा समेत छ ।

जापानको टोकियोमा मुख्यालय रहेको राकुटेन अहिले सम्मकै सबैभन्दा ठुलो फुटबल प्रायोजक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?