जापान सागरकाट फर्काइयो अमेरिकी युद्धपोत, तर निगरानी भने झन् कडा

टोकियो । अमेरिकी रक्षा मन्त्रालयले जापान सागरमा तैनाथ दुई विमान वाहक पोत त्यहाँबाट फर्किएको जनाएको छ । तर उत्तर कोरिया प्रतिको आफुहरुको निगरानी भने अझै कडा पारिएको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युएस कार्ल विन्सन र युएस रोनाल्ड नामका पुद्धपोत तीन दिने अभ्यास पुरा गरि उक्त क्षेत्रबाट फर्किएको जनाएको हो ।

उत्तर कोरियाको परमाणु कार्यक्रम र लगातारको मिसाईल परिक्षणका कारण उत्पन्न तनाव कम गर्न जापानसँगको सहकार्यमा अमेरिकाले दुई युद्धपोट तैनाथ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?