सहज रुपमा भिषा दिदै जापान, यो वर्ष पनि विदेशीलाई प्राथमिकता

टोकियो । सन् २०१६ मा जापानमा अहिले सम्मकै सबैभन्दा बढी विदेशीहरुको प्रवेशाज्ञा (भिषा) जारी गरिएकाे छ । जापानको विदेश मन्त्रालयले बताए अनुसार विभिन्न देशमा रहेका दूतावास र बाणिज्य दूतावासहरु मार्फत् गत वर्ष लगभग ५३ लाख ८० हजार भिषा जारि गरिएको थियो । यो सन् २०१५ सालको तुलनामा करिब १३ प्रतिशत बढी हो ।

चिनियाँ पर्यटक कुल संख्या ७८ प्रतिशत थियो । फिलिपिन्स तथा इन्डोनेशियाका पर्यटकको संख्या दोस्रो रतेस्रो नम्वरमा थियो । चिनियाँ पर्यटकको लगभग ३ लाख मल्टिपल इन्ट्री भिषा जारी भएको थियो ।

यो अघिल्लो वर्षको तुलनामा १०० प्रतिशत बढी हो । जापान सरकारले उनीहरुको आय र रोजगारीको नियममा केही परिवर्तन गरेको छ ।

विदेश मन्त्रालयका अधिकारीहरुले भिषाको संख्याको बढ्दा विदेशी पर्यटक र कामदारहरुको उल्लेख्य संख्या बढेको छ । यो वर्ष पनि गत वर्ष भन्दा १४ प्रतिशत बढी भिषा जारी गरिने मन्त्रालयले जनागएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?