चिवास्थित आस्हीमा आगलागी, एकै घरका तीन जनाको मृत्यु

टोकियो । जापानको चिवास्थित एक घरमा आगलागी हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

घर मुली ६५ वर्षीया सैटो इशिदा नामकी महिला, उनको ३५ वर्षीषा छोरी र १४ वर्षीषा नातिनीको मृत्यु भएको चिवा प्रहरीले जनाएको छ ।

चिवाको आस्ही भन्ने स्थानमा रहेकोउक्त घरमा सोमबार बिहान आगलागी भएको थियो ।

किचनबाट सुरु भएको आगलागी पुरै घरमा फैलिएको र लामो प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?