लण्डनमा रहेका जापानी नागरिकलाई सचेत रहन सरकारको आग्रह

जापान ।जापान सरकारले लण्डन भ्रमणमा रहेका आफ्ना देशका नागरिकहरुलाई आतंकवादी हमला हुनसक्ने सम्भावित डिपार्टमेन्टल स्टोर, मार्केट, कन्सर्ट तथा राजनैतिक र्यालीमा सहभागी नहुन आग्रह गरेको छ ।

लण्डन ब्रिज र नजिकको बोरोज मार्केटमा आतंकवादी हमलामा ६ जनाको मृत्यु र ४८ जना घाईते भएपछीको घटना पछी जापानसरकारले आग्रह गरेको हो ।

जापानको विदेश मन्त्रालयले भ्रमणमा आएका जापानीहरुलाई भ्रमणको क्रममा त्यस्तो शंकास्पद गतिविधि हुन थाले तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।अहिलेको हमला सहित यो बेलायतमाथि तेस्रो हमला हो ।

मार्च महिनामा वेष्टमिनिस्टर ब्रिजमा दुर्घटनाका कारण चार मुसलमानको मृत्यु भएको थियो  । त्यस्तै मे २२ मा म्यानचेस्टरको एरियाना ग्राण्ड कन्सर्ट  ब्रिटिस आत्मघाती बम हमलाकारीका कारण २२ जनाको मृत्यु भएको थिय भने दर्जनौ मानिसहरु घाईते भएका थिए ।

पछिल्लो समय ब्रिटिशमा आतंकवादी हमलाहरु बढिरहेका कारण जापान सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?