जाइकाले दियो नेपालको आर्थिक जनगणनाका लागि आवश्यक उपकरण

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग यिोग (जाइका)ले केन्द्रीय तथ्यांक विभागसँग नेपाल आर्थिक जनगणना २०७५ को कार्यान्वयन गर्नेबारे सम्झौता भएको छ ।

क्षमता विकास परियोजना शीर्षकमा सहमति अनुसार जाईका नेपालले करिब ६ लाख रुपैयाँ बराबरको उपहरण हस्तान्तरण गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले हाल राष्ट्रिय आर्थिक जनगणना २०७५ को परीक्षण सर्वेक्षण २०७४ कार्यान्वयन गरिरहेको छ ।

परीक्षण सर्वेक्षणको सफल कार्यान्वयनका लागि विशेषगरि विद्युतीय जनगणना, कम्युटरमा आधिकारीक व्यक्तिगत अन्तरवार्ता, भू–उपग्रहमार्फत् खिचिएको चित्रसहितको गणना क्षेत्रको नक्साको आँकडा कोष (डाटाबेश) र  विकेन्द्रीकृत तथ्यांक प्रशोधन गर्नका लागि जाईका नेपालले उक्त उपकरण उपलब्ध गराएको हो ।

सम्झौतामा जाइका नेपालका प्रमुख जुन साकुमाले विभागका महानिर्देशक सुमनराज अर्याललाई तीउपकरण हस्तान्तरण गरे ।

जस  अन्तरगत १४ थान ल्यापटप, ३९ थान डेस्कटप, ७८ थान ट्याबलेट, स्मार्ट फोन, कम्युटर सफ्टवेर, प्रोजेक्टर, भूउपग्रहसम्बन्धीसामग्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?