उत्तरकोरिया माथि दवाव दिन संयुक्त सुरक्षा परिषदलाई जापानले पुर्णरुपमा सहयोग गर्छ : आवे

जापान । जापानी प्रधानमन्त्री शिन्जो आवेले उत्तर कोरियालाई दवाव दिन संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा व्यक्त गरिएका समाधानका उपायहरु लागु गर्न आग्रह गरेका छन् ।

समस्या समाधानको लागि काउन्सिल सदस्यहरुको मतदान पछी आवेले शुक्रवार त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायले पटक पटक आफ्ना शान्ति विरोधी गतिविधिहरुलाई रोक्न गरेको अनुरोधलाई लत्याईरहेको बेला त्यस विरुद्द सुरक्षा परिषदले चाल्ने जस्तोसुकै कदमको समर्थन गर्ने आवेले बताएका छन् ।

उत्तर कोरियालाई दवाव दिन अरु देशहरु संग मिलेर संयुक्त सुरक्षा परिषदको नयाँ संकल्पलाई जापानले पुरा गर्ने आवेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?