टोकियो । जापानका ठुला कम्पनीहरुले श्रम बजारममा उपयुक्त जनशक्ति पाउन नसकेको बताएका छन् ।
नयाँ अर्थिक वर्ष सुरु भएदेखि कम्पनीहरुले नयाँ कामदार खोजिरहे पनि दक्ष जनशक्ति नपाउँदा समस्या भएको बताएका छन् ।
कम्पनीहरुले दक्ष जनशक्ति पाउन नसकेका कारण पारिश्रमीक बढाएरै भए पनि कामदार राख्ने तयारी गरेको बताएका छन् ।
श्रम बजारमा आइनसकेका ३ दशमलव एक प्रतिशत जनशक्तिलाई आकर्षीत गर्नका लागि जापानका ठुला रोजगारदाता कम्पनीहरुले विशेष अभियान चाल्ने तयारी समेत गरेका छन् ।
जापानका ठुला कम्पनीहरुले आइसल्याण्डका कम्पनीहरुसँगको सहकार्यमा जनशक्ति व्यवस्थापन र पारिश्रमीक बृद्धिको तयारी गरेका छन् ।
यसका लागि जापानको श्रम तथा रोजगार मन्त्रालयले आइसल्याण्ड सरकारसँग वार्ता समेत थालेको छ ।