टोकियो ओलम्पिक खेलकुदको लागत निर्धारण, १५ विलियन डलर सम्म खर्च हुने

जापान । टोकियो ओलम्पिक खेलकुद आयोजक समितिले सन् २०२० मा आयोजना हुने ओलम्पिक खेलकुद खेलाईने विभिन्न सात शहर, महानगर, राष्ट्रिय तथा स्थानीय सरकारका लागि बजेट छुट्टाईएको छ ।

टोक्यो भन्दा बाहिरको जापान सरकारले ओलम्पिक खेलकुद आयोजक समितिको बजेटमा साझेदारी गरेर खेलहरु आयोजना गरिने सहमतिमा पुगेका हुन् ।

ओलम्पिक आयोजक समिति प्रमुख योशिरो मोरीले खेलकुद आयोजना बारे गरेको गरिएका सबै सहमतिहरु लागु गर्दै अघि बढ्ने बताएका छन् ।

मोरिले ओलम्पिकको तयारि गर्न एक वर्ष ढिलो भैसकेको छ त्यसैले हामीले अत्यन्त द्रुत गतिमा काम गर्नुपर्ने बताएका छन् ।

ओलम्पिक खेलकुद आयोजना गरिने जापानका ७ क्षेत्रहरुमा होकाईडो, मियागी, फुकुशिमा, साईतामा, चिवा, कानागावा र शिजुओका छन् भने ४ वटा शहरहरुमा सापोरो, साईतामा, चिवा र योकोहामा पर्छन् ।

सात क्षेत्रका प्रतिनिधिहरुले ओलम्पिक खेलकुदका लागि राजधानी बाहिर अस्थाई खेल मैदान, स्थानहरुको निर्माणको लागि आयोजक समिति र टोकियो महानगरले गर्ने सामुहिक रुपमा खर्च गर्ने कुरामा सहमति जनाएका छन् ।

केन्द्रिय सरकार र टोकियो महानगरको ओलम्पिक खेलकुद आयोजनामा स्थानीय सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेको छ ।

टोकियो गभर्नरले ओलम्पिक खेलकुद २०२० लाई सफल बनाउनको लागि वृहत सहमति र सहकार्य समेत भएको बताएका छन् ।

अब ३ वर्षमा आयोजना हुने ओलम्पिक खेलकुदको तयारी वृहत रुपमा अघि बढाउनु पर्ने बताएकि छिन् ।

ओलम्पिक खेलकुद आयोजक समितिले डिसेम्बर महिनामा खेलकुद सम्पन्न गर्नका लागि १३ देखि १५ विलियन डलर खर्च हुने अनुमानित बजेट प्रस्तुत गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?