एनआरएन जापानको नयाँ सदस्यता लिन र नविकरण गर्न चार दिन म्याद थपियो

टोकियो । गैह्र आवासीय नेपाली संघ (एनआरएन) जापानले नयाँ सदस्यता लिनका लागि र सदस्यता नविकरण गर्नका लागि समय थप गरेको छ । नयाँ सदस्यता लिन र नविकरणका लागि मे ३१ सम्मको समय तोकिएकोमा अब चार दिन समय थप भएको हो ।

बुधबार एनआरएन जापानका अध्यक्ष सुदन थापाले विज्ञप्ती जारी गर्दै जुन चार सम्मका लागि म्याद गर्ने निर्णय भएको जानकारी दिएका छन ।

बुधबार बसेको कार्यसमिति बैठकले सदस्यता लिन चाहनेको संख्या अत्याधिक भएकाले जुन चार तारिखका दिन राति १२ बजेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको थियो ।

एनआरएन जापानले सदस्यता वितरणका लागि तोकेकोसमय भित्र धेरैले आवेदन दिन चाहेको तर, कार्यव्यस्तताका कारण नभ्याएकाहरुलाई दृष्टिगत गर्दै समय थप गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?