गल्कोट स्पोर्टस क्लब प्रथम अधिवेशनको तयारीमा

टोकियो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुल नाराका साथ गल्कोट स्पोर्टस क्लब, टोकियो जापानको प्रथम अधिवेशन जुलाई १३ मा हुने भएको छ ।

सन् २०१५ मा स्थापना भएको क्लब जापानमा रहेका नेपालीहरुका बीच चर्चित छ । हरेक वर्ष मैत्रिपुर्ण भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले गत मे महिनामा भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

क्लबका अध्यक्ष अस्वस्थ भएका कारणअधिवेशनमा केहीढिलाई भएको महासचिव लक्ष्मण कार्कीले बताए ।

खासगरि बागलुङको गल्कोटबाट जापान आएका युवाहरुले सुरु गरेको यो क्लब अहिले जापानबासी नेपालीहरुका बीच चिर परिचित छ ।

आयोजकले अधिवेशनमा क्लबका सम्पुर्ण सल्लाहकार, पदाधिकारी, सुभेच्छुक लगायत जापानबासी नेपालीहरुलाई आमन्त्रण गरेको छ ।

अधिवेशन टोकियोस्थित नाता थकाली भान्छा घर ओमोरीमा हुने छ । दिउँसो ३ बजेबाट अधिवेशन सुरु हुने आयोजकले जनाएको छ । अधिवेशनबारे जानकारी लिनका लागि   070 1523 2700, 080 3698 1484, 090 6534 8713  नम्वरमा सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?