जापानलाई त के भो र चीनलाई नै सबैभन्दा खतरा छः ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादरपूर्ण प्रतिक्रिया भएको बताएका छन् ।

अमेरिका र खास गरी ट्रम्प प्रशासनले उत्तर कोरियाली शासकमाथि नै चीनले सहयोग गर्ने गरेको बताउने गरेका छन् ।

उत्तर कोरियाले आफ्नो पछिल्लो क्षेप्यास्त्र परीक्षण गरी आफ्नो नजिकको छिमेकी चीनलाई पनि अनादर गरेको छ, तर चीनले कोरियालाई सुधार्न अधिकतम प्रयास गरेको छ, ट्रम्पलेएक सन्देश जारी गर्दै उल्लेख गरेका छन् ।

उनलेउत्तरकोरियाले जापानलाई तर्साउन खोजे पनि यसको पहिलो असर भने चीनलाई नै पर्ने जनाएका छन् । उनले जापानलाई देखाएर अमेरिकालाई तर्साउने रणनीति आफुले बुझेको तर, उत्तरले केही गर्न नसक्ने पनि उल्लेख गरेका छन् ।

यस वर्षमात्रै उत्तर कोरियाले विभिन्न खालका १२ वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको जनाउँदै सोमबारको हतियार परीक्षण जापानी सामुद्रिक क्षेत्रमा खसेको जनाएको छ ।

प्योङयाङले गरेको पछिल्लो क्षेप्यास्त्रले करिब ४५० किलोमिटर टाढा मार हान्नसक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?