सि अफ जापानमा फेरि खस्यो क्षेप्यास्त्र, अमेरिकाले भन्यो–जापान सहित चार देश खतरामा

टाेकियाे । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्रकृतिको भएको अनुमान गरिएको छ ।

उक्त क्षेप्यास्त्र आकाशमाथि अधिकतम एकसय बीस किलो मिटरको उचाईसम्म पुगी पूर्व दिशातर्पm चारसय पचास किलोमिटर जति उडेर जापानी समुद्र  (सि अफ जापान) मा खसेको थियो ।

झट्ट हेर्दा पहिले पहिले परीक्षण गरिएका सामान्य मिसाइल हो कि भन्ने अनुमान गरिए ता पनि यस क्षेप्यास्त्रले आकाशमाथि उड्दा लिएको ठाडो कोणीय उचाई, तीब्र गति र अन्य प्राबिधिक पक्षपट्टि बिचार गर्दा उत्तर कोरियाले बहू–प्रतीक्षित, अति लामो दूरीसम्म मार हान्न सक्ने अन्तर–महाद्विपीय ब्यालेस्टिक क्षेप्याश्त्र आईसिबिएम को परीक्षण तयारी गर्ने प्रकृतिको ९प्रोटो टाइप० जस्तो देखिन्थ्यो ।

उत्तर कोरियाले यस बर्षको शुरुदेखि हालसम्म यो समेत मध्यम तथा छोटो दूरीका आणविक क्षेप्यास्त्र नौ पटक परीक्षण प्रक्षेपण गरेको पनि जनाइएको छ । साथै नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसै महिनाको शुरुवाततिर कार्यभार सम्हाल्नु भएपश्चात् उत्तर कोरियाले परीक्षण प्रहार गरेको यो तेश्रो पटक हो ।

क्षेप्यास्त्र प्रक्षेपणपश्चात् दक्षिण कोरिया पट्टि सदा झैं अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैनिक बलले उच्च सतर्कता अपनाएका थिए । साथै राष्ट्रपति मूनले तत्कालै राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक बस्ने आदेश दिनु भएको र बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार परिचुङ्ग ओइ–योङ्ले गर्ने पनि जनाइएको छ ।

त्यस्तै, दक्षिण कोरियाली सैनिक प्रमुखद्वारा आज जारी गरिएको एक विज्ञप्तिमा उत्तर कोरियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा पारित सङ्कल्प प्रस्तावको अटेरी र अवहेलना गरेको बताइएको छ ।

बारम्बार बिभिन्न आणविक क्षेप्याश्त्र परीक्षण प्रहार गरी अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैन्यबल, जापान तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लगातार गम्भीर चुनौति दिईरहेको हुँदा यिनीहरुको आक्रोश र कडा कारबाही एक्लिई सकेको उत्तर कोरियाले कुन दिन सामना गर्नु पर्ने हो सो अज्ञात रहेता पनि अवश्यम्भावी छ भन्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता, उत्तर कोरियाले भने क्षेप्याश्त्र परीक्षण प्रहार वा तत्सम्बन्धि अन्य कुनै पनि बिषयमा मुख खोलेको छैन ।

अमेरिकी विदेश मन्त्रालयले भने यो प्रहारले रुस, जापान, चीन र दक्षिण कोरियालाई अफ्ठेरो पर्नसक्ने भएको भन्दै ती देशहरुलाई उत्तर विरुद्ध अभियान चलाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?