इटालीमा भयो आबे–ट्रम्प भेटवार्ता, एक घण्टामा बन्यो विश्व शान्तिको नयाँ योजना

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । भेट वार्ताका क्रममा उत्तरकोरियाको मिसाईल परिक्षण पछिको अवस्थाका बारेमा छलफल भएको छ ।
इटालीमा जारी जि–७ को बैठकका क्रममा दुईशीर्ष नेताबीच साइडलाइन वार्ता भएको हो । दुई नेताबीच करिब एक घण्टा वार्ता भएको सिएनएनले जनाएको छ ।

फेब्रवरीमा आबेको अमेरिका भ्रमणका क्रममा दुई नेताबीच वासिंटनमा वार्ता भएको थियो ।

इटालीमा भएको वार्ताका क्रममा उत्तर कोरियाले पार्नसक्ने समस्यामा केन्द्रीत भएको बताइएको छ ।

आतंकवाद विरोधी अभियानलाई सञ्चालन गर्नेबारेमा पनि छलफल भएको छ । विश्वको सुरक्षा व्यवस्था शान्तिपुर्ण बनाउनका लागि ट्रम्पले खेलेको भुमिकाको आबेले प्रशंसा गरेका थिए।

दुई नेताबीच विश्वलाई शान्तिको बाटोमा हिडाउनका लागि उत्तर कोरियालाई सबैभन्दा पहिला निशस्त्र पार्नुपर्नेमा जोडरहेको सिएनएनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?