ब्रसेल्स पुगेर ट्रम्पले किन सम्झिए जापानी प्रधानमन्त्री आबेलाई ?

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटोको नयाँ मुख्यालय ब्रसेल्समा पुगेका छन् ।

कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्ने अमेरिकी राष्ट्रपति ट्रम्प नेटो सम्मेलनमा पहिलो पटक सहभागी हुन ब्रसेल्स पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेटोका गतिविधि, नेटोको आर्थिक भार बहनका विषयमा उक्त सङ्गठनका २७ सदस्य राष्ट्रका नेतासँग छलफल गर्ने कार्यक्रम छ ।

ट्रम्पले ब्रसेल्समा बिहीबार युरोपेली नेताहरुसँग सामूहिक खाना लिनुपूर्व अमेरिकामा सेप्टेम्बर ११ सन् २००१ मा अलकायदा आतङ्कवादी समूहको नेतृत्वमा भएको आक्रमणपछि पहिलोपटक कार्यान्वयनमा ल्याइएको सामूहिक प्रतिरक्षा प्रत्याभूति सम्बन्धी नेटो कानुनको धारा ५ को स्मरणमा निर्माण गरिएको स्मारकको अनावरण गरे ।
कार्यक्रममा बोल्दै ट्रम्पले एसिया प्यासिफीक क्षेत्रको सुरक्षा चुनौति समाधानका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेको भुमिका महत्वपुर्ण हुने बताए । उनले उत्तर कोरियालेनिहुँ खोज्ने काम मात्रै गरिरहेकाले जापानसँगको सहकार्यमा शान्ति स्थापना गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?