यसकारण ह्वात्तै बढ्यो जापान आउने विदेशीको संख्या

टोकियो । जापान विश्वकै आकर्षक मुलुक मध्येमा एक हो । विश्वको तेस्रोठुलो आर्थिक शक्तिका रुपमा रहेको जापानमा विज्ञान प्रतिधिको विकासमा अलवा यहाँको सामाजिक र साँस्कृतिक धरोहरहरु हेर्नुका लागि पनि पर्यटकहरुको आवागमन बढ्ने गरेको छ । जापान सरकारको पर्यटन मन्त्रालयले निकालेको तथ्यांक अनुसार नयाँ अर्थिक वर्षको मे महिना सम्ममा मात्रै जापान आउने पर्यटकको संख्या करिब सवा दश लाख पुगेको छ ।

यो गत आर्थिक वर्षको अप्रिल महिना सम्मको तुलनामा बराबर हो । पाँच वर्ष पछि जापानमा आर्थिक वर्ष सुरु भएको यती चाँडो दश लाख पर्यटक भित्रिएका हुन् ।

यी मध्ये सबैभन्दा धेरै दक्षिण कोरियाबाट ७ लाख ७४ हजार छन् भने दोस्रोमा चिनियाँ पर्यटक छन् । ५ लाख २८ हजार बढी चिनियाँहरु योबीचमा जापान आइसकेका छन् ।

यो मौसममा जापान आउने पर्यटकहरुले जापानको राष्ट्रिय फूल साकुरा र चेरी हेर्नआउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?