जापानबाट गएका छ जना चिनियाँ हिरासतमा, विदेश मन्त्रालयले थाल्यो रिहाइको पहल

टोकियो । चिनियाँ अधिकारीहरुले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै छ जना जापानी नागरिकलाई हिरासतमा राखेको खुलासा भएको छ ।

स्रोतहरुका अनुसार यी सात जना जापानी नागरिक चिनियाँ एक कम्पनीको आग्रहमा तातो पानी संकलन सम्बन्धी सर्वेक्षणका लागि चीन पुगथेकाथिए ।

२० देखि ५९ वर्ष भित्रका तीन जना जापानी नागरिक मार्च महिनाको अन्तिम तिर हाइनान प्रान्तबाट पक्राउ परेका थिए ।

अन्य तीन जना भने सानदोंग प्रान्तको यान्ताइमा मार्चमा पक्राउ परेका थिए । ती तीन जनाको पहिचान भने खुलाइएको छैन ।

जापानको विदेश मन्त्रालयले उनीहरुको रिहाइका लागि पहल गरिरहेको छ । सन् २०१४ मा चीनले विदेशी नागरिकहरुको निगरानी राख्न एक कानुन बनाएर गुप्तचर समिति बनाएको थियो ।

उक्त कानुन अन्तरगत चीनले विदेशी नागरिकहरुलाईहिरासतमा लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?