उत्तर कोरियाका मिडियामा जापानको विरोध, बजाइयो विजय हासील गर्ने भ्रामक समाचार

टोकियो । पछिल्लो समय उत्तर काोरियाले निरन्तर मिसाइल परिक्षण गरिरहेको छ भने विश्व समुदायले यसको विरोध गरिरहेका छन् । खास गरि जापान र अमेरिका उत्तरको यो गतिविधिको सबैभन्दा बढी विरोध गरिरहेका छन् ।जापानी प्रधानमन्त्री सिन्जो आबेले त सोमबार पत्रकार सम्मेलन नै गरेर उत्तर कोरियाका विरुद्ध अब थप प्रतिवन्ध लगाउन विश्व समुदायलाई आग्रह गर्ने बताएका छन् ।

यता उत्तर कोरियाका सञ्चार माध्यम भने जापान र अमेरिकाको खरो विरोधमा उत्रिएका छन् । उत्तर कोरियाको एक मात्र सरकारी सञ्चार माध्यमले जापान र अमेरिका विरोधी रिपोर्टहरु निरन्तर प्रशारण गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

शनिबारबाट सुरु भएको यस्ता सामग्री अझै पनि बजीरहेका छन् । यो सामग्रीमा जापानका प्धानमन्त्री आबे र अमेरिकी सेनाका प्शान्त क्षेत्रीय निर्देशक हैरी हैरिसका बीचमा भएको छलफललाई प्राथमिकता दिइएको छ भने कुनै पनि बेला जापान र अमेरिकामाथि आक्रमण हुने र उत्तर कोरिया विजयी हुने भ्रामक सामग्रीहरु समेटीएका छन् ।

यसमा उत्तर कोरियाले हमला कसरी गर्छ र कहाँ कहाँ क्षती पुग्छ भनेर भिडियो सामग्री पनि देखाइएको बीबीसीले समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?