यो वर्ष जापानमा अत्याधीक गर्मी, तापमान अझै बढ्ने, मौसम विभागले दियो यस्तो खबर

टोकियो । शनिबार मध्यान्ह जापानको केही स्थानहरुमा न्युनतम तापक्रम ३० डिग्री सेल्सीयस थियो । आइतबार यो मापन अझै बढेकाे सक्ने छ । जापान भर अहिले गर्मी चढ्न थाली सकेको छ । पश्चिम जापानको ओइतास्थित हिता सहरमा तापमान ३३ डिग्री पुगिसकेको छ ।

टोकियो र क्योतोमा पनि यो वर्ष पहिलो पटक तापक्रम ३० डिग्री कटिसकेको छ । जापान सागरको तट वरपर रहेको इशिकावाको सुजु सहर र उत्तरी जापानको होक्काइदोसहरमा यो वर्ष सर्वाधिक गर्मी बढेको छ ।

देशका अन्य इलाकाहरुमा पनि गर्मी बढ्दै गएको छ । जापानको मौसम विभागलेयो अवस्था अझै बढ्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?