जापानकी राजकुमारी, अब शाही हैसियत छाडेर बन्दैछिन् सर्वसाधारण

टोकियो । जापानी राजकुमारी माकोले अब शाही हैसीयत त्याग गर्ने भएकी छिन् । जापानको शाही परम्पराअनुसार सर्वसाधारण नागरिकसँग विवाह गरिएमा विवाह गर्नेले शाही हैसियतमा रहन मिल्दैन । राजकुमारी माकोले जापानका एक नागरिकसँग प्रेम विवाह गर्न लागेकी हुन् ।

जापानी सम्राट अकिहितोकी जेठी नातिनी २५ वर्षीया माकोले कोई कोमुरो नामका एक जापानी युवासँग विवाह गर्न लागेकीहुन् । उनीहरुबीच अध्ययनका क्रममा भेट भएको थियो । ती युवा हाल कानुन व्यावसायमा संलग्न छन् ।

जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारी वा राजकुमारले समेत शाही हैसियत त्याग गर्नपर्ने हुनसक्छ । राजकुमारी माको र केइ कोमुरोबीच सन् २०१२ मा टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा भेट भएको जापानी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

विवाहको समाचार बाहिरआए पनि विवाहको मिति भने तय भैसकेको छैन । कोमुरोले पनि अहिले त्यसबारे आफूले टिप्पणी गर्न नमिल्ने र उपयुक्त समयमा बोल्नेप्रतिक्रिया दिएका छन् ।

अमेरिकी सञ्चार संस्थासिएनएनले उनीहरुका बीच इन्गेजमेन्टको तयारी भएको दाबीसहितकोसमाचार लेखेको छ ।

हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा नै गद्दी त्यागको घोषणा गरेका थिए । तर, जापानी कानुनले सम्राटलाई गद्दी त्याग गर्ने बाटोनदिएकालेसंशोधनको चरणमै छ । पछिल्लो दुई शताब्दीमा जापानका कुनैपनि सम्राटले गद्दी त्याग गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?