न्यूआईटी भेन्चर कर्पोरेशन जापान र वेस्टर्न युनियन बीच ‘सहकार्य’ सम्झौता

टोकियो । र्इन्टरनेट प्राेटाेकल टेलिभिजन प्लेट फर्म मार्फत जापान लगायत विश्व भरिका नेपाली, र्इण्डियन लगायत २५ भन्दा बढी मुलुकका टेलिभिजन च्यानल सेवा प्रदान गर्दै आएको न्यूआईटी भेन्चर कर्पोरेशन एनअार्इटिभीले जापानमा वेस्टर्न युनियन युनियन मनी ट्रान्सफरको आधिकारिक साथ पाएको छ ।

एनअार्इटिभीले जापानमा रहेका नेपाली सहित दक्षिण एसियाली मुलुकका नागरिकका लागि सुरक्षित रुपमा पैसा पठाउने तथा मगाउने ‘रिसिभर तथा सेण्डर’ सुविधा सहितको रेमिट सेवा संचालनका लागि आधिकारिकता पाएको हो । यसले जापानमा रहेका दक्षिण एसियाली समुदायका नागरिकहरु प्रत्यक्ष लाभांवित हुने छन् ।
न्यूआईटी भेन्चर कर्पोरेशन एनअार्इटिभीका प्रमुख कार्यकारी अधिकृत सिर्इअाे कमल अधिकारी र वेस्टर्न युनियनका दक्षिण एसिया निर्देशक वार्इ लियुगं थागं बीच यसै साता सहकार्यका लागि संम्झौता भएको हो ।

सम्झौता पश्चात वेस्टर्न युनियनका जापान निर्देशक एर्इजी काेवायासीले जापानमा रहेका विदेशीहरुका विभिन्न सेवा दिदै अाएकाे न्यूआईटी भेन्चर कर्पोरेशनसंगकाे सहकार्यले नयाँ समुदायमा सेवा विस्तार गर्न पाएकाेमा खुसी व्यक्त गरे ।

यस्तै जापानमा रहेका विदेशीहरुका लागि सहज रुपमा छिटाे र सुरक्षित रेमिटयान्स प्रदान गर्ने वेस्टर्न युनियनसंगकाे सहकार्यले ग्राहकहरुले थप नयाँ सेवा पाउने एनअार्इटिभीका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले ग्राहकहरुकाे मागलार्इ ध्यानमा राखी एनअार्इटिभीले हाललार्इ वेस्टर्न युनियनकाे सेवा टाेकियाेकाे दुर्इ स्थान सिनअाेकुवाे र काचुसिका-कु अाअाेताेबाट प्रारम्भिक रुपमा सेवा सुरु गर्ने जानकारी दिए ।

दक्षिण एसियाली मुलुकका नागरिककाे मागलार्इ ध्यानमा राखी गरिएकाे सम्झौता पछि जापानमा रहेका दक्षिण एसियाली मुलुकका नागरिकहरु प्रत्यक्ष लाभाम्वित हुने छन । हाल जापानबाट एक तर्फी रुपमा रकम पठाउन मिल्ने रेमिटयान्स सेवा प्रदायकहरु रहे पनि दुर्इ तर्फी पैसा पठाउन र पाउन समेत मिल्ने सुविधा पहिलाे पटक रहेकाे एनअार्इटिभीले दावी गरेकाे छ ।

जापानभरि एजेन्ट नियुक्त गरिने
यसै बीच एनअार्इटिभीले वेस्टर्न युनियनकाे नयाँ काउन्टर पार्टनरका लागि जापानका मुख्य शहरहरुमा समेत सेवा विस्तार गरिने जनाएकाे छ । हाल टाेकियाेकाे दुर्इ स्थानबाट सेवा सुरु गरे लगत्तै अन्य शहरहरुमा पनि नयाँ एजेन्ट मार्फत सेवा दिने तयारी सुरु गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?