जापानको आह्वानपछि राष्ट्रसंघले गर्यो विश्व समुदायलाई एक हुन आग्रह

टोकियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रुपमा जापान सागरमा भैरहेकोव्यालेस्टीक मिसाइल परिक्षणको भत्सर्ना गरेको छ । राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तरको गतिविधि अन्त्यका लागि विश्व समुदायलाई एक हुन आग्रह समेत गरेको छ ।

उत्तर कोरियाले पछिल्लो पटक २८ अप्रिलमा मिसाइल प्रहार गरेको थियो । त्यस लगत्तै जापानले विश्व समुदायलाई उत्तरको आतंकबाट मुक्त हुनका लागि एक जुट भएर अघि बढ्न आह्वान गरेको थियो ।

सुरक्षा परिषद्ले जापानको आह्वानको समर्थन गर्दै शक्ति राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह गरेको हो । १५ सदस्य रहेको सुरक्षा परिषद्का प्राय सबै सदस्यहरु उत्तर कोरियामाथि पुर्ण प्रतिवन्ध लगाउनुपर्ने पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?