क्लासिक युथ क्लव जापानले मे २८ मा बारबेक्यू गर्दै

टोकियो । क्लासिक युथ क्लव जापानले बारबेक्यू गर्ने भएको छ ।

जापानमा रहेका युवाहरुको समूह क्लवले मे २८ तारिख आईतवार बारबेक्यू गर्न लागेको हो ।

जापानमा रहेका संघ संस्थाहरुसंग परिचय तथा आपसी सम्वन्ध विस्तारका लागि बारबेक्यू आयोजना गर्न लागिएको क्लवका अध्यक्ष विष्णु कार्कीले बताए ।

सो कार्यक्रममा नेपाली पन्चे बाजा सहितको सांगीतिक माहोल समेत हुने आयोजकले जनाएको छ ।

इनागे खाईकानमा गर्न लागिएको बारबेक्यूका लागि क्लवले पुरुषको लागि ३५०० येन र महिलाको लागि २५०० येन टिकट दर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?