मिसाइल प्रणाली विकास गर्ने जापानको योजना, रक्षा मन्त्री भन्छिन्–हामी शान्तिको खोजिमा छौं

टोकियो । जापानकी रक्षा मन्त्री तोमोमी इनादाले जापान सरकार उत्तर कोरियाको सम्भावित आणविक र मिसाइल आक्रमणको प्रतिरक्षाका लागि योजनाबद्ध ढंगले अघि बढीरहेको बताएकी छिन् ।
मंगलबार टोकियोस्थित रक्षा मन्त्रालयमा भएको अन्तर संवादमा मन्त्री इनादाले आफ्नो प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउनका लागि जापान सरकार सक्षम रहेको बताइन् ।

मन्त्री इनादाले मार हान्ने प्रणाली र आक्रमणबाट बचाउने तथा आक्रमणका लागि आएकोमिसाइललाई ध्वस्त पार्ने प्रणालीमा सुधारका लागि काम भैरहेको दाबी गरिन् ।

उनले जापान सरकार पनि मिसाइल प्रणाली विकासका बारेमासोचीरहेको र स्थिरताका लागि शान्तिको प्रयास नैउपयुक्त हुने बताइन् ।

उत्तर कोरियाले जापान सागरमा निरन्तरमिसाइल प्रक्षेपण गरेपछि जापान सरकार प्रतिरक्षा प्रणालीको विकासमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?