ओकिनावामा मनाईयो अमेरिकी अत्याचार अन्त्य भएको ४५ औं वर्षगाँठ, तर अझै जारी छ आन्दोलन !

टोकियो । लामो समयको अमेरिकी उपनिवेशबाट फिर्ता भएको सम्झनामा ओकिनावामा ४५ औं वर्षगाँठ मनाइएको छ । हालको जापानको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित यो राज्यको अर्थव्यवस्थामा १९७२ को तुलनामा अत्याधिक परिवर्तन आएको छ भने केन्द्रीय सरकारले लागु गरेका विभिन्न खाले विकास योजना र नीतिका कारण ओकिनावा हाल जापानको नमुना राज्यका रुपमा रहेको छ ।

तर, पछिल्लो समय केन्द्र सरकारले अमेरिकी हवाईसैन्य अड्डा स्थानान्तरणको प्रयास थालेसँगै यहाँ तनाव नै छ ।

ओकिनावा द्धिप दोस्रो विश्व युद्धपछि अमेरिकाले नियन्त्रणमा लिएको थियो । तर, १९७२ मे १५ मा जापानले फिर्ता लिएको थियो ।

अहिले पनि ७० प्रतिशत अमेरिकी सैन्य क्याम्प रहेको छ भने अमेरिकी सेनाले बलात्कार लगायतका आपराधीक घटनाहरु मच्चाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?