भारतलाई जापानले दियो कडा चेतावनी, विदेश मन्त्रीले भने–भारत सँगको सम्झौता तोडीन सक्छ

टोकियो । जापानका विदेश मन्त्री फुमियो किशिदाले भारतले परमाणु हतियारका पक्षमा बनाइरहेको नीति परिवर्तन नगरे आफुहरु पनि भारतसँगको सम्झौता तोड्न बाध्य हुने चेतावनी दिएका छन् ।
शनिबार टोकियोमा पत्रकार सम्मेलन गर्दै मन्त्री किशिदाले आफुले यस बारेमा शुक्रबार तल्लोसदनलाई जानकारी दिइसकेको बताए।

उनले सदनमा भारतसँग भएको परमाणुसम्झौता कार्यान्वयनका लागि भारत लचिलोहुनुपर्ने बताएका थिए ।

अघिल्लो वर्षको अन्त्य तिर मोदीको जापान भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्री बीच असैन्य परमाणु सम्झौतामा हस्ताक्षर भएको थियो ।

किशिदाले भारतले परमाणु परिक्षण स्थगन गर्नुपर्ने र परमाणु हतियारका बारेमा विद्यमान नीति परिवर्तन गर्नुपर्ने आफुहरुको शर्त कायमै रहेको बताए ।

किशिदाले भारत सरकारले सन् २००८ मा परमाणु परिक्षणरोक्ने र नीति परिवर्तन गर्ने सहमति गरेकाले मात्रै जापानलेसम्झौता गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?