अमेरिकालाई एक्ल्याएरै पनि अघि बढ्ने आबेको तयारी, थाले यस्तो पहल

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी सहायता विना प्रशान्त–पार साझेदारी (टीपीपी) लागु गर्नका लागि न्युजिल्याण्डको साथ र समर्थन प्राप्त हुने अपेक्षा राखेका छन् । गत हप्ता जापानको भ्रमणका क्रममा आएकान्युजिल्याण्डका प्रधानमन्त्री बिल ईंग्लिसले आबेसँग भेटवार्ता गरेका थिए ।

न्युजिल्याण्डले यस अघि नै अमेरिकाको सहभागिता बिना नै प्रशान्त पार साझेदारी कार्यान्वयनका लागि जोड दिएको थियो ।

भियतनाममा यसका साझेदार ११ देशका वाणिज्य मन्त्रीहरुको बैठक मे २१ मा बस्दै छ ।

यी मध्ये केही देशले अमेरिका बीना योसाझेदारी कार्यान्वयन नहुने बताउँदै आएका छन् ।

तर, जापान भनेअमेरिका बीना नै योसाझेदारी कार्यान्वयन हुने आशमा छ । अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामा यो साझेदारीका पक्षमा थिए । तर, ट्रम्पले कार्याभार समहालेपछि योसम्झौता रद्द गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?